Tune to BFM 91.2|Biratnagar

चट्याङ बाट मोरङमा २ जनाको मृत्यु

विराटनगर, १९ जेठ । मोरङको सुनवर्षी र रतुवामाई नगरपालिकामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । धनपालथानका ८ जना जना घाईत भएको छन् ।चट्याङ लागेर सुनवर्षी नगरपालिका ६ तालगाछी की २८ वर्षिया नृतकुमारी दास र रतुवामाईका ५ का २२ वर्षीय नेत्र श्रेष्ठको मृत्यु भएको मोरंग प्रहरीले जनाएको छ ।

दुवैजनालाई खेतबारीमा रहेका वेला चट्याङ लागेको प्रहरीले बताएको छ । चट्याङ लागेर धनपालथान गाउँपालिकाका ८ जना घाईते भएका छन् ।

घाईते हुनेमा धनपालथान २ की ३८ वर्षीया प्रमिलादेवी मण्डल, १४ वर्षीया मनिषादेवी मण्डल, २५ वर्षीय जितेन मण्डल, १९ वर्षीया गीता मण्डल, १६ वर्षीया सपनाकुमारी मण्डल, १२ वर्षीय अभिशेख मण्डल, ३८ वर्षीय शिवशंकर मण्डल, ४० वर्षीय चन्द बहरदार रहेको मोरंग प्रहरीका प्रवक्ता डिएसपी मानवहादुर राईले जानकारी दिनुभयो ।

आजै दिउँसो परेको चट्याङले लागेर मोरङको कटहरी रामचौक र धनपालथानमा ३ वटा चौपाया पनि मरेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button