Tune to BFM 91.2|Biratnagar

चर्चित अभिनेता ऋषि कपुरको निधन


विराटनगर १८ वैशाख । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा आजनिधन भएको छ ।

क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि हिजो अस्पताल भर्ना गरिएको थियो ।दाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उहा गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किनुभएको थियो ।

फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उहालाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।हिजोमात्रै बलिउडले एक चर्चित अभिनेता इरफान खानलाई गुमाएको थियो ।ऋषि कपुर दिग्गज अभिनेता राज कपुरको छोरा हुन् । उहाले आफ्नो फिल्मी करियर सन् १९७३ मा बबी फिल्मबाट सुरु गर्नुभएको थियो ।

उहाले श्री ४२० र मेरा नाम जोकरमा बाल कलाकारको भूमिका पनि निर्वाह गर्नुभएको थियो । उहाले अन्तिम फिल्म ‘द बडी’मा काम गर्नुभएको थियो ।प्रायः सामाजिक सन्जालमा सक्रिय हुने उहाले नायिका दीपिका पादुकोणसँग हलिउडको हिन्दी रिमेक फिल्म ‘द इन्टर्न’मा काम गर्ने बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button