चलचित्र “खुल्ला आकाश” प्रदर्शनको तयारीमा
काठमाडौँ, १ चैत । नेपाली कथानक चलचित्र ूखुल्ला आकाशूको सम्पादन कार्य समाप्त भएको छ । सम्पादन कार्य समाप्त भएसँगै उक्त चलचित्र प्रदर्शनको तयारी भैरहेको छ ।
चलचित्र लेखक, निर्देशक एवम् अभिनेता जीवन थापा क्षितिजको लेखन र वेदनाथ ढकाल (बि.एन) को सहलेखन रहेको उक्त चलचित्र खुल्ला आकाशको निर्देशन ज्ञानेन्द्र कोइरालाले गर्नुभएको हो । पुर्ण भुजेल निर्माता रहेको खुल्ला आकाशमा दिपक थापा कार्यकारी निर्माता रहनुभएको छ ।
चलचित्रको मुख्य सहायक निर्देशन सन्तोष थापाले गर्नुभएको हो भने छायांकन तिलक रिजालले गर्नुभएको हो ।
चलचित्रमा जीवन थापा “क्षितिज”, आई.पी. आचार्य, रिता दाहाल, सविना तामाङ, झमक खनाल, खड्ग भट्टराई, केशव निरौला, पुर्ण भुजेल, तिलक रिजाल, निरा भट्टराई, कुमार थापा, सन्तोष थापा, सृजना भट्टराई लगायतको मुख्य भुमिका रहेको छ ।
लेखक तथा अभिनेता क्षितिजका अनुसार सामाजिक चलचित्र खुल्ला आकाश पुर्वी तथा पहाडी जिल्ला भोजपुरको अरुण गाउँपालिका याकु मैदाने र धनकुटाको हिले, उत्तरपानी लगायतका ठाउँहरुमा छायांकन गरिएको हो ।
चलचित्रको सम्पादन कार्य सकिएकोले प्रदर्शनमा ल्याउने तयारी भैरहेको निर्देशक कोइरालाले बताउनुभयो ।