Tune to BFM 91.2|Biratnagar

चिकित्सकमाथि हातपात गर्नेलाई कार्वाही गर्न माग

विराटनगर, २२ साउन । कोरोना संक्रमित व्यक्तिको मृत्युको विषयमा विराटनगरको कोशी अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात गर्नेलाई कार्वाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ ।

संघको कोशी अञ्चल शाखा अध्यक्ष डा.फरवार्ड सिलवालले आज एक विज्ञप्ति जारी गर्दै कोरोनाको लक्षण देखिएको विरामीको प्रोटोकल अनुसार आईसोलेशमा राखेर उपचार भइरहेको बेला मृत्यु भएकोमा चिकित्सकमाथिको हातपात निन्दनीय भएको जनाएको छ ।

मंगलबार राति श्वासप्रश्वास बढेपछि कोशी अस्पतालमा भर्ना गरिएका विराटनगर ९ का ४५ वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको थियो । उनको मृत्युपछि आफन्तले उपचारमा लापर्वाही गरेको भन्दै आफन्तले चिकित्सकमाथि गालीगलौज र हातपात गरेका थिए । अस्पतालको आइसोलेशन विभागमा कार्यरत डा.रंजित यादवले आफूमाथि भएको हातपात र दुव्र्यवहारको विरोधमा संघमा उजुरी दिनुभएको थियो ।

हातपात भएपछि आफूले भागेर ज्यान जोगाएको डा.यादवको निवेदनमा उल्लेख छ । आफन्तले मृतकको शव लैजान जबरजस्ती गरेको र स्वाबको रिपोर्ट नआएसम्म शव दिन मिल्दैन भनेर अस्पतालले पर्खन आग्रह गर्दा हातपात गरेको अस्पतालले जनाएको छ ।

मृतकका आफन्तहरूले भने चिकित्सकले विरामीलाई नहेरेपछि अस्पतालमा होहल्ला गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button