Tune to BFM 91.2|Biratnagar

चिकित्सकमा कोरोना देखिएपछि विराटनगरमा स्वाब संकलन रोकियो

विराटनगर, ३२ साउन । विराटनगर महानगरपालिकामा कोरोना भइरस शंकास्पदको परीक्षण गराउन स्वाब संकलनमा खटिँदै आएका एक चिकित्सकमा कोराना संक्रमण पुष्टि भएको छ ।

चिकित्सकमा आईतबार कोरोना पुष्टि भएपछि तीव्र रुपमा संक्रमण फैलिइरहेको महानगरमा स्वाब संकलन कार्य रोकिएको छ । स्वाब संकलनमा खटिने चिकित्सकमा नै कोरोना देखिएपछि तत्कालका लागि स्वाब संकलन कार्य अघि बढ्न नसकेको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताउनुभयो । उनका अनुसार संक्रमित चिकित्सकमा ज्वरो आउने लगायत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरेर परीक्षण गराइएको थियो ।

चिकित्सकमा कोरोना पोजेटिभ देखिएपछि महाशाखाका कर्मचारी क्वारेन्टाइनमा बसेका छन् । अन्य स्वास्थ्यकर्मीको कोरोना परीक्षण गराएर रिपोर्ट आएपछि स्वाब संकलनको काम पुनः सुरु गरिने कार्कीले बताउनुभयो ।

विराटनगर महानगरपालिकामा पाँच सय २३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button