Tune to BFM 91.2|Biratnagar

चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि जैन भवनमा आवासको प्रवन्ध

विराटनगर, ५ वैशाख । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि जैन भवनमा आवासको व्यवस्था गरिएको छ ।

विराटनगर ७ को जैन श्वेताम्वर तेरापन्थी सभाका अध्यक्ष जितेन्द्र गोल्छाले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि १९ वटा कोठा उपलब्ध गराउनु भएको हो ।

तेरापन्थी सभाले कोभिड १९ को उपचारमा खटिएका चिकित्सक तथा स्वाथ्यकर्मीका लागि नि ः शुल्क आवासको व्यवस्था गर्ने घोषणा गरेपछि आज सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पतालकी मेडीकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रा लगायतको टोलीले स्थलगत रुपमा भवनका कोठाहरु निरीक्षण गरेको छ ।

स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि कोठाहरु उपयुक्त भएको मेसु डा. मिश्राले बताउनुभयो । १९ वटा कोठामा १/१ जना राखिने उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्री घिमिरेले जैन भवनका कोठाहरु उपलब्ध गराएकोमा तेरापन्थी सभाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँले आवास गृहमा खटिने जैन भवनका कर्मचारीको सुरक्षासँगै प्रोत्साहन गर्ने बताउनुभयो ।

तेरापन्थी सभाका अध्यक्ष जितेन्द्र गोल्छाले आजैदेखि जैन भवनका कोठा कोभिड १९ उपचार केन्द्रमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोनाको उपचार समाप्त नहुन्जेल सम्मका लागि उपलब्ध गराएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button