Tune to BFM 91.2|Biratnagar

चिठ्ठाको योजना ल्याएर ठगी गर्ने गिरोह पक्राउ

विराटनगर, १५ माघ । अमन समाज नेपालका नाममा अवैध रुपमा चिठ्ठाको योजना ल्याएर ठगी गर्ने गिरोहलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । चिट्ठाका नाममा ठगिएको उजुरी आएपछि प्रहरीले चिट्ठा योजना सञ्चालन गर्ने सञ्चालक कमलेशकुमार कर्ण र उनका सहयोगीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार ठगी गर्ने उदेश्यसहित कर्णको समूहले ३० किस्ता बनाई प्रत्येक किस्तामा तीन सय ८० रुपैयाँ संकलन गर्दै आएको थियो । चिट्ठा काट्दा केही सामान परेको देखाएर धेरै मुनाफा गरेको उजुरी परेको थियो । अनुसन्धानका क्रममा चिट्ठाको नाममा ४९ लाख रुपैयाँ संकलन गरेको देखिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो । प्रहरीका अनुसार अमनसेवा समाज जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता छ । तर उसले चिट्ठा योजना सञ्चालन गर्ने कुनै अनुमति लिएको छैन । अधिकारीले रंगेली नगरपालिका– ६ नयाँटोल बस्ने २२ वर्षीय कम्लेशकुमार मण्डल, जहदा गाउँपालिका – ७ का ४५ वर्षीय राजेशकुमार साह, किसनदेव साहलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा श्रवणकुमार महतो र सूर्यनारायण महतो पनि पक्राउ परेका छन् । उनीहरुलाई चिट्ठा सम्बन्धी ऐन अनुसार अनुसन्धान सुरु गरिएको छ । गैरकानूनी रुपमा आफू खुसी कार, मोटरसाइकल, टिभी, रेफ्रीजेरेटर, साइकल, ग्यास चुलो समेतका विभिन्न इलेक्ट्रोनिक सामानहरु चिठ्ठामा पर्छ भन्दै सर्वसाधरणबाट १६ औं किस्तासम्म ४९ लाख हाराहारी संकलन गरेको एसपी अधिकारीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button