चीनले हस्तक्षेप गर्न खोजेको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप

0
152

काठमाण्डौं, ११ असोज । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले अमेरिकाको आगामी मध्यावधि चुनावलाई प्रभावित गर्न खोजेको आरोप लगाउनु भएको छ । राष्ट्रपति ट्रम्पले आफुले चीनको व्यापारिक मुद्धामा चुनौती दिएको भन्दै उसले आफ्नो जीत नचाहेको जीकिर गर्नुभयो । परमाणु, रासायनिक र जैविक हतियारमा रोक लगाउने विषयमा सुरक्षा परिषदको बैठकमा राष्ट्रपति ट्रम्ले यस्तो आरोप लगाउनु भएको हो । ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेसँगै अमेरिका र चीनबीच व्यापार शुल्कलाई लिएर विवाद चल्दै आएको छ । चिनियाँ विदेशमन्त्री वागं यीले भने ट्रम्पको दाबीलाई अनुचित भन्दै खारेज गरिदिनु भएको छ । विदेशमन्त्री यीले चीनले अन्य देशको आन्तरिक मामिलामा दखल नदिने स्पस्ट पार्नु भएको छ । चीनले हमेशा दोस्रो देशको घरेलु मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तको पालना गर्दै आएको भन्दै विदेशमन्त्री यीले यस्ता आरोपको स्वीकार नगर्ने जवाफ दिनुभयो । आगामी नोभेम्बर ६ मा अमेरिकाका मध्यावधि निर्वाचन हुँदैछ । चीनले चुनावमा हस्तक्षेप गर्न खोजेको ट्रम्प प्रशासनको यो पहिलो आरोप भने होइन ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here