चेतनामा लुइँटेलको एकल कविता वाचन

0
133

विराटनगर, ३ जेठ । चेतना संरक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबार कवि उमेश लुइँटेलको एकल कविता वाचन सम्पन्न भएको छ ।मकालु टेलिभिजनको सभाहलमा भएको कार्यक्रममा लुइँटेलले ‘ऐना’, ‘उज्यालो खोज्नेहरू’, ‘विम्बहरू जागृत भएपछि’, ‘तिमी हुनुको अर्थ’, ‘कर्मयोद्धा’लगायत विभिन्न शीर्षकका ६ वटा कविता वाचन गर्नुभयो।
प्रतिष्ठानको ३५ औं शृंखलाका रुपमा आयोजित कार्यक्रममा लुइँटेलले समसामयिक विषयलाई आधार बनाएर लेखिएका कविता प्रस्तुत गर्दा दर्शक–स्रोताको राम्रै ताली पायो । दुई दशकदेखि कविता लेखनमा सक्रिय लुइँटेलको एउटा कवितासंग्रह प्रकाशित छ । कविता वाचनअघि अग्रज साहित्यकार रमाप्रसाद रिजाल र प्रतिष्ठानकी उपाध्यक्ष सरला चापागाईंले अविर र खादा लगाएर लुइँटेललाई सम्मान गर्नुभएको थियो। कार्यक्रममा आयोजक संस्थाका महासचिव उमेश दाहालले विगत ३ वर्षदेखि प्रतिष्ठानले हरेक महिनाको पहिलो आज एकल र सामूहिक सिर्जना वाचन कार्यक्रम आयोजना गर्दै आएको जानकारी गराउनु भयो । प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा हालसम्म १ सय ५० सयभन्दा बढी कविले सिर्जना प्रस्तुत गरिसकेको कार्यक्रम संयोजक मीनकुमार नवोदितले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here