Tune to BFM 91.2|Biratnagar

चेतना संरक्षण प्रतिष्ठानको ४७ औं शृंखला सम्पन्न

विराटनगर, ३ पुस । चेतना संरक्षण प्रतिष्ठान विराटनगरको मासिक साहित्यिक शृंखला आज देखि पुन ः सुरु भएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि गत चैतदेखि शृंखला रोकिएको थियो । प्रतिष्ठानले विगत ४ वर्षदेखि हरेक महिनाको पहिलो आज साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ ।

४७ औं शृंखलामा भरत गुरागाईं ‘बर्वरिक’, ममता मृदुल, मञ्जुश्री गिरी, लक्ष्मी स्मृति, शिवनारायण पण्डित ‘सिंगल’, प्रिन्स प्रमोदकुमार ढकाल, सविना श्रेष्ठ, सरिता तुलाधर, दुर्गा सिग्देल, शारदा कार्कीलगायतले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । अबदेखि मासिक शृंखलालाई निरन्तरता दिइने कार्यक्रम संयोजक मीनकुमार नवोदितले जानकारी दिए । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डभित्र रहेर कार्यक्रम सञ्चालन गरिने नवोदितले बताए ।

प्रतिष्ठानका महासचिव उमेश दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ खेम नेपाली, साहित्यकार ऋतु आसिकलगायतले चेतना संरक्षण प्रतिष्ठानको मासिक कार्यक्रमले नयाँ र पुराना पुस्ताका स्रष्टालाई जोड्ने काम गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button