Tune to BFM 91.2|Biratnagar

चोरीको मोटरसाइकल सहित ३ जना पक्राउ

विराटनगर २३ असार । मोरङको पथरी शनिश्चरे नगरपालिका–९ बाट चोरी भएको मोटरसाइकल सहित ३ जना आज पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका–१० का २० बर्षीय निमा तामाङ , बेलबारी नगरपालिका–२ का २० बर्षीय प्रीतिमान भण्डारी र २२ बर्षीय अभिषेक कट्टेल रहेका छन् ।

पथरी शनिश्चरे नगरपालिका–२ का आतेजुङ राइको को ३४ प ६००४ नम्बरको मोटरसाईकल गएराती घरबाट नै हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button