Tune to BFM 91.2|Biratnagar

चोरीमा बाबु छोराकै संलग्नता

विराटनगर, ४ साउन । मोरङको उर्लाबारीमा भएको एउटा चोरीको घटनामा बाबुु छोराकै संलग्नता रहेको पाइएको छ । उर्लाबारी नगरपालिका–३ मंगलबारे टोलका अम्बिाकाप्रसाद रिजालको घरमा साउन १ गते बिहान ३ बजेतिर चोरी भएको थियो ।

प्रहरीकाअनुसार रिजालको घरबाट ओप्पो र सामसुुङका मोबाइल सेट, चाँदीको पाउजुु, सुनका गहना, काँसका थाल तथा लत्तापकडा चोरी भएको थियो । चोरीमा उर्लाबारी–३ सालबारीका १८ वर्षीय सुनिल उराउ उनका बुवा ५५ वर्षीय मुुगु उराउको संलग्नता देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।

उराउको घरबाट चोरी भएका सामान बरामद भएपछि बाबु छोरालाई नै पक्राउ गरेर चोरी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी राईले दिनु भयो ।

घटनामा संलग्न २१ वर्षीय वायाँ चौधरी फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button