Tune to BFM 91.2|Biratnagar

चोरी मुद्दाका अभियुक्त पक्राउ

विराटनगर , ९ वैशाख । चोरीको घटनामा अदालतले दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाए पनि भागिरहेका एक अभियुक्त बिहीबार दिउँसो विराटनगरबाट पक्राउ परेका छन् । कैद तथा जरिवाना भुक्तान नगरिकन नौ वर्षदेखि फरार रहेका विराटनगर महानगरपालिका-२ दुर्गा चोकका २८ वर्षीय कुलदीप रायलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।

उनका अनुसार लामो समयदेखि फरार रहेका कारण खोजी जारी राखिए पनि राय पक्राउ पर्न सकेका थिएनन् । विशेष सूचनाका आधारमा दुर्गा चोकबाटै दिउँसो २ बजेतिर उनलाई पक्राउ गर्न प्रहरी सफल भएको जानकारी एसपी खड्काले दिनुभयो।

प्रहरीले चलाएको नकवजनी चोरी मुद्दामा रायलाई २०६९ असोज २३ गते जिल्ला अदालत मोरङले एक महिना १५ दिन कैद र ३९ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर कैद सजाय र जरिवाना भुक्तान गर्नुको साटो उनी भागिरहेका थिए । अदालतबाट दोषी ठहर भएको नौ वर्षपछि प्रहरीले पक्राउ गरेर पेस गरेसँगै अदालतले रायलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button