चौथो पारा टेबुल टेनिस प्रतियोगीता सम्पन्न

0
105

विराटनगर, २४ पुस । चौथो पारा टेबुल टेनिस प्रतियोगीता आज विराटनगरमा सम्पन्न भएको छ । टेबुल टेनिस कभर्ड हलमा सम्पन्न प्रतियोगीताको लेडिज सिङल्स स्ट्याण्डिङ तर्फ रिया दाहालले पुनम राजबंशीलाई पराजित गरिन । उनले ११–५, ११–७, १२–१० को सेटले पराजित गरि प्रथम भईन । मेन्स सिङल्स व्हीलचेयरतर्फ रामकुमार साहनीले सोनु दासलाइ ११–४, ११–६, ११–५ ले पराजित गरि प्रथम चएका छन् । सोही इभेन्टमा सञ्जय थापा र मजाहिद अंसारीले संयुक्त रुपमा तेस्रो स्थान हासिल गरे । मेन्स सिङल्स स्ट्याण्डिङतर्फ ३ पल्टका राष्ट्रिय च्याम्पियन बिबेक राइले स्वीकृत न्यौपानेलाई ११–९, ११–५, ११–९ ले पराजित गरि प्रथम भए । सोही इभेन्टमा मोहनकुमार योङहाङ र दिपक बस्नेत तेस्रो भए । प्रतियोगीताको उद्घाटन राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले गर्नुभयो भएको थियो । प्रतियोगिताका विजेता तथा उपविजेतालाई विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की पुरस्कार वितरण गर्नु भएको विराटनगर टेबुल टेनिस क्लबका अध्यक्ष बिकेन थापाले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here