Tune to BFM 91.2|Biratnagar

चौधरी फाउण्डेसद्धारा स्वास्थ्य सामग्री सहयोग

विराटनगर, ३१ जेठ । प्रदेश १ को राजधानी विराटनगरमा प्रादेशिक कार्यालय स्थापना गरेर व्यापारिक घरना चौधरी ग्रुपको चौधरी फाउण्डेसनले निःशुल्क स्वास्थ्य सामग्री सहयोग गर्न थालेको छ । कोरोना महामारीका समयमा निःशुल्क उपलब्ध गराइएको सामग्रीको प्रयोगले कोरोना संक्रमितको उपचार सहज हुने अपेक्षा गरिएको छ ।

पहिलो पटक जिल्ला अस्पताल भोजपुर र इलामलाई दुई÷दुईवटा गरेर चारवटा अक्सिजन कन्सनट्रेटर (विद्युतबाट अक्सिजन उत्पादन गर्ने मेसिन) हस्तान्तरण गरिएको हो । प्रदेश सांसद शेखरचन्द्र थापाले कार्यालयको उद्घाटन गर्दै एक कार्यक्रमका बीच चार थान कन्सनट्रेटर मेसिन हस्तान्तरण गर्नु भयो ।

थापाले व्यापारिक घरना चौधरी ग्रुपको चौधरी फाउण्डेसनले कोभिड–१९ (कोरोना सङ्क्रमण) को महामारी नियन्त्रण र न्यूनीकरणका लागि मुलुकमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनु भयो । कार्यक्रममा कार्यालयका प्रदेश १ का बजार प्रतिनिधिका प्रमुख, नबिल बैंकका प्रादेशिक प्रमुख सुवोध लोहनी लगायतको उपस्थिति थियो । यसअघि आफ्ना उद्योगमार्फत गरिएका उत्पादनलाई बजारसम्म पुर्याउने काम मात्रै गरिरहेको चौधरी ग्रुपले पहिलो पटक विराटनगरमा प्रादेशिक कार्यालय स्थापना गरेर सञ्चालनमा ल्याएको छ ।

सेवाको विस्तारसँगै सामाजिक काममा अग्रसरता देखाउँदै सबै पक्षसँग सहकार्य गर्ने उदेश्य राखेर व्यापारिक घरनाले कार्यालय सञ्चालनमा ल्याएको जानकारी कार्यालयका प्रमुख रामजी कटुवालले दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button