चौपायालाई दाना तथा सर्वसाधारणलाई मास्क वितरण

विराटनगर, ३ असोज ।स्थापनाकालदेखि सामाजिक काम गर्दे आएको राउण्ड टेबल नेपालले कोरोनाको महामारीको अवस्थामा समेत आफनो सामाजिक उत्तरदायित्वको कामलाई निरन्तरता दिदै आएको छ ।

राउण्ड टेबलले संविधान दिवसको अवसर पारेर विराटनगरमा साइकल र्याली तथा ट्रेजर हन्ट कार्यक्रम अन्र्तगत चौपायालाई दाना तथा सर्वसाधारणलाई मास्क वितरण गरेको छ ।

विराटनगर महानगरका विभिन्न भागको साइकल यात्रा गरी राउण्ड टेबलका सदस्यहरुले सडकमा छाडा छाडिएका चौपायाहरुलाई दाना खुवाएको विराटनगर प्राइम राउण्ड टेबल १० का कार्यक्रम संयोजक श्याम राठीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button