छिमेकीको गोरु कुट्नेलाई पक्राउ गरेर कारबाही

0
75

विराटनगर, २९ असार । मोरङको उर्लाबारी नगरपालिका–१ बाट प्रहरीले छिमेकीको गोरु कुटेको घटनामा संलग्न रहेको आरोपमा ३० वर्षीय प्रेम लिम्बूलाई पक्राउ गरेर कारबाही अघि बढाएको छ । गाई, गोरु काटेको घटनामा संलग्नलाई पक्राउ गरेर कारबाही गर्ने गरिए पनि गोरु कुटेको घटनामा संलग्नलाई पक्राउ गरिएको यो पहिलो घटना हो । लिम्बूले उर्लाबारी नगरपालिका–१ का ४७ वर्षीय रमेश कार्की ढोलीको गोरु कुटेको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर रामप्रसाद तिमल्सिनाले बताउनु भयो । उहाँका अनुसार कोदालोले कुटेर गोरुलाई अंगभंग बनाइएको छ । आफ्नो गोरु कुटेको भन्दै ढोलीले दिएको उजुरीका आधारमा लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुटपिटबाट गोरुको दायाँ खुट्टा भाँचिएको र शरीरका विभिन्न भागमा चोट लागेको इन्सपेक्टर तिमल्सिनाले बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here