छिमेकीमा टिभी हेर्न गएकी बालिकाको हत्या

0
464

विराटनगर, १३ पुस । विराटनगर महानगरपालिका–८ की ११ वर्षीय बालिकाको हत्या भएको अवस्थामा आज दिउँसो शव फेला परेको छ । गएराति ८ बजेदेखि सम्पर्क विहीन भएकी गुडिया भनिने रुपमति दासको शव मोरङको विराटनगर महानगरपालिका ८ र कटहरी गाउँपालिकाको सीमानामा रहेको सिंघिया खोलामा फेला परेको हो । खोलामा माछा मार्दै गएकाहरुले बगिरहेको पानी भित्र निवश्त्र नाँगो अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । मोरङ प्रहरीका डीएसपी कृष्ण खड्काले हत्या गरेर फ्यालेको अवस्थामा शव भेटिएपछि गम्भीर रुपमा अनुसन्धान थालिएको बताउनु भयो । उहाँले बालिकाको अनुहार र कानबाट रगत बगिरहेको अवस्थामा शव भेटिएको बताउनु भयो । घटनाको अनुसन्धानका लागि डीएसपी खड्काको नेत्रृत्वमा टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले शव पोष्टमार्टमका लागि विराटनगरको कोसी अञ्चल अस्पताल पु¥याएको छ । रुपमति गय राति ८ बजे छिमेकीको घरमा टिभी हेर्न भनेर गएको आमा आमा मुन्नीदेवी दासले बताउनु भयो । तर बालिका छिमेकीकहाँ टिभी हेर्न पुगिनन् । छिमेकी मोहम्मद नहिमकहाँ बालिकाका बाबु रामप्रसाद दास पहिले नै टिभी हेरिरहनु भएको थियो । रामप्रसाद घर फर्किएपछि भने छोरी टिभी हेर्न नगएको थाहा भयो । रातभर खोजी गर्दा पनि कहीं फेला नपरेपछि छोरी हराएको निवेदन प्रहरी कार्यालयमा पुग्नु भएका रामप्रसादलाई छोरीको शव फेला परेको खवर आएको थियो । पानीमा डुबिरहेको नाँगो शवलाई बालिकाकी हजुरआमा सीता दासले शव पानीबाट बाहिर निकालेर चउरमा राखिदिनु भएको थियो । प्रहरीका अनुसार बालिकाले लगाएका चप्पल घर नजिकैको चौरमा भेटिएको छन् । कपडा भने भेटिएको छैन । बालिका स्थानीय नारायण आधारभूत विद्यालयमा कक्षा १ मा पढ्ने गरेको बताइएको छ । प्रहरीले घटनालाई गम्भीर रुपमा लिएर अनुसन्धान सुरु गरिएको र अहिले सम्म घटनामा संलग्न कोही कसैलाई पक्राउ नगरिएको जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here