छुरा प्रहार गरी महिलाको हत्या

0
63

बिराटनगर,  २९ माघ । सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेका हुन् ।लालबहादुरलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।मृतक सोनिया विवाहित हुन् । उनका श्रीमान् विदेशमा छन् ।हत्याबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि चौलागाईले बताउनु भयो।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here