Tune to BFM 91.2|Biratnagar

छुरा हानेपछि फरार बनेका बेलबारीका युवा पक्राउ

विराटनगर, २५ माघ । छिमेकीमाथि छुरा प्रहार गरेर भागेका मोरङका बेलबारीका एक युवा गय राति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–२ का २२ वर्षीय अनिल उराउ रहेका छन् ।

घटना भएको दुई घण्टा बित्न नपाउँदै उनलाई बेलबारी प्रहरीले पक्राउ गरेको हो । उराउले छिमेकी २४ वर्षीय दिनेश दाहालको पेटमा हिजो साँझ छुरा हानेका थिए । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार आफूलाई गालीगलौज गरेकोभन्दै उराउले विवाद निकालेर दाहालको पेटमा छुरा प्रहार गरेको पाइएको छ । छुरा प्रहारबाट दाहाल गम्भीर घाइते भएका छन् ।

उनको पेटबाट आन्द्रा बाहिर निस्किएको छ । घाइतेको चिन्ताजनक अवस्थामा विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले अवस्था गम्भीर रहेकोभन्दै तत्काल पेटको शल्यक्रिया गर्न सुझाव दिएका छन् ।

प्रहरी निरीक्षक ढकाल नेतृत्वको टोलीले खोर्सानेबाट उनलाई नियन्त्रणमा लिएको हो । उराउविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालिने जानकारी ढकालले दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button