छुवाछुत अन्त्यका सबै एकजुट हुनपर्छ : मन्त्रि घिमिरे

0
61

विराटनगर, ३१ जेठ । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले छुवाछुत मुक्त प्रदेश कार्यान्वयनका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भउको छ । छुवाछुत मुक्त प्रदेश अभियान अन्र्तगत आज जिल्ला समन्वय समिति सुनसरीले इनरुवामा गरेको कार्यक्रममा मन्त्रि घिमिरेले छुवाछुत अन्त्यका लागि सबै जागरुक हुनुपर्ने बताउनुभयो । छुवाछुत दलित समुदायकोमात्र समस्या नभएर सबैको समस्या भएकाले यसको अन्त्यका लागि सबै जाति र समुदाय लाग्नुपर्ने उहाको भनाइ थियो । मन्त्रि घिमिरेले छुवाछुतको अन्त्यका लागि कानुन र सजाय नभएर मनमस्तिष्कबाट छुवाछुतको भावना हटनु पर्ने बताउनु भयो । दण्ड सजायले भन्दा चेतनाले छुवाछुतको अन्त्य गर्ने बताउँदै उहाँले प्रदेश सरकारले प्रदेश १ का १४ ओटै जिल्लामा जागरणको अभियान थालेको बताउनु भयो । सामाजिक विकास मन्त्रालयले दलित तथा पछाडी परिएको समुदायमा मानिसको विकासका लागि बालबालिकालाई छात्रवृत्रि, युवालाई रोजगारी र परम्परागत पेशाको संरक्षण र व्यवसायीकरणका लागि आगमी बजेटमा कार्यक्रमहरु ल्याउन लागिएको उहाँले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here