Tune to BFM 91.2|Biratnagar

जंकुको अबसरमा मानव सेवा आश्रमलाई सहयोग

बिराटनगर १५ वैशाख । विराटनगर महानगरपालीका ९ निवासी समाजसेवि नारायण प्रसाद श्रेष्ठले आफ्नो जंकुको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गर्नुभएको छ ।

आश्रममा रहनुभएका २५ जना जेष्ठनागरीक लगायत आश्रमा बस्ने अन्यब्यत्तीहरुलाई खाध्यान्न वितरण गर्नुभएको छ । उहाले चामल २५० के.जी., तेल–२५ लि, नुन २५ के.जी. आश्रममा प्रदान गर्नुभएको हो ।

जंकु सामान्यतया पुजा पाठ र पार्टि गरेर विशेष तरीकाले मनाउने चलन भएपनि विश्वब्यापी रुपमा फैलीएको कोरोनाले विश्व नै प्रभावित बनिरहेको समयमा सकेको सहयोग गरेर मनाउने उधेश्यले आश्रम लगायत अन्य ब्यत्तीहरुलाई सहयोग गरेको उहाले बताउनुभयो ।

खाध्यान्न वितरण कार्यक्रममा उहाँकी धर्मपत्नी निर्मला श्रेष्ठ ,छोरा निश्चल श्रेष्ठ बिएफएमका कार्यकारी निर्देशक डाक्टर सन्देशदाश श्रेष्ठ , लक्ष्य प्रधान, दिल कु. जोशी लगायत को सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button