Tune to BFM 91.2|Biratnagar

जंगली च्याउ खाँदा आमा र छोरा बिरामी

विराटनगर, २५ असार । मोरङको मिक्लाजुङ गाउँपालिका–६ कसेनीमा जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा एउटै परिवारका आमा र छोरा बिरामी परेका छन् ।

तरकारीका रुपमा जंगली च्याउ खाँदा ५४ वर्षीया तिलमाया चौहान र उनका छोरा १७ वर्षीय पूर्णबहादुर चौहान गम्भीर बिरामी परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । उनीहरुले हिजो साँझ च्याउको तरकारी बनाएर खाएका थिए ।

बिरामी परेपछि राति १२ बजे उपचारका लागि झापाको दमकस्थित आम्दा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button