जंगली च्याउ खाएर बालिकाको मृत्यु

0
133

विराटनगर, ११ मंसिर ।ओखलढुंगाको खिजिदेम्बा गाउँपालीका–८ सुर्केकाप्तिमा जंगली च्याउ खाएर ४ बर्षिय बालिकाको मृत्यु भएको छ । हिजो बिहान ग्यालु शेर्पाले घरमा सुकाएर राखेको जंगली च्याउ पोलेर खादा निजको छोरी अन्दाजी ४ बर्ष की निमायाङजी शेर्पाको हिजो दिउँसो ४ बजेको समयमा घरमै मृत्यु भएको थियो । सोही च्याउ खएका घरका अन्य सदस्यहरु घरधनि बर्ष २८को ग्यालु शेर्पा, निजको श्रीमती बर्ष ३० की लकी शेर्पा, निजको छोरा बर्ष ७ को पासाङ शेर्पा निजको दाजुको छोरी बर्ष ७ की पोसी शेर्पा समेत बिरामी भइ भुसिङगा स्वास्थ्य चौकिबाट अहेवको टोलि गई तत्काल घरमै प्राथमिक उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here