जग्गा नाप्दा घुस माग्ने सर्बेक्षक घुससहित पक्राउ

0
92

विराटगनर, २८ पुस । नापी कार्यालय बेलबारीका अमिन(सर्बेक्षक) दिनेशकुमार साहलाई अख्तीयारको टोलीले सात हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । आज दिउँसो अख्तीयार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सातहजार घुससहित साहलाई बेलबारी १० भाउन्नेबाट रंगेहात पक्राउ गरेको हो । बेलबारी १० भाउन्नेका स्थानीय श्रेष्ठ थरका व्यक्तीको जग्गा नापी गरी सिमाङ्कन गर्न साहले सात हजार रुपैयाँ घुस मागेका थिए । घुस मागेको सूचना पाएपछि पछ्याउदै गएको टोलीले साहलाई रंगेहात पक्राउ गरेको अख्तीयार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिनु भयो । साहलाई अनुसन्धानका लागि इटहरीमा राखिएको उहाँले बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here