जडिबुटीहरुको गहन अध्यनन गर्नुपर्ने विज्ञहरुको सुझाव

0
131

विराटनगर, २४ जेठ । प्रदेश नं. १ मा भएका जडिबुटीहरुको गहन अध्यनन गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । नेपालमा पाइने २ हजार २ सय जडिवुटी मध्ये प्रदेश नं. १ मा अधिकांश पाईने भएको हुँदा गहन अध्ययन गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका हुन । अध्ययन नगर्दा धेरै जडिवुटीहरु खेर गईरहेको उनीहरुले बताएका छन् । आयुर्वेद चिकित्सा तथा आयुर्वेद औषधि प्रसोधन तथा उत्पादन केन्द्र स्थापना सम्बन्धी विराटनगरमा आज आयोजना गरिएको प्रदेश स्तरिय कार्यक्रमका विज्ञहरुले जडिवुडीको व्यवसायिक खेती प्रर्बद्धन गर्नुपर्ने, संकलन र प्रशोधन केन्द्र उचित स्थानमा सञ्चालन गर्नुपर्ने, आयुर्वेद चिकित्सामा भएका भ्रम चिर्न सचेना फैलाउनु पर्ने, आयुर्वेद औषधिको ब्राण्ड तयार गर्नु पर्ने सुझाव दिईएको छ । नेपालको मौलिक उपचार पद्धति आयुर्वेद भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । उहाँले जडिबुटीहरुको गहन अध्यननका लागि प्रदेश सरकार निरन्तर लाग्ने बताउनुभयो । जडिबुटी तथा आयुर्वेद विज्ञ समितिले तयार पारेको प्रतिवेदन कृषि, वन, जडिवुडी व्यवसायी, जडिवुडी व्यापारी, आयुर्वेद चिकित्सकाका विज्ञ, वनस्पती विज्ञानका विज्ञहरुले सुझाव दिएका थिए । कार्यक्रममा प्रदेश नं. १ का विभिन्न जिल्लामा जडीबुटीको संकलन तथा भण्डारण केन्द्रको समेत प्रारम्भिक अध्ययनको बारेमा जानकारी गराइएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here