जनता बैंक र बिराट मेडिकल कलेजवीच सम्झौता

0
242

विराटनगर २९ वैसाख । जनता बैंक नेपाल लिमिटेड र बिराट मेडिकल कलेज शिक्षण अस्पताल तथा विराट नर्सीङ होमबिच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि सम्झौता भएको छ । प्रदेश नं. १ का सेवाग्राहीको सुविधालाई मध्यनजर गरी दुबै अस्पतालसँग जनता बैंकले सम्झौता गरेको हो । सम्झौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले सो अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्ने जनता बैंकका अमन अलीले जानकारी दिनुभयो । सुविधा उपभोगका लागि अस्पतालको विल भुक्तानीको क्रममा सेवाग्राहीले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन सक्ने उहाँले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here