Tune to BFM 91.2|Biratnagar

जनता समाजवादीको प्रदर्शन

विराटनगर, १० पुस । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोधमा जनता समाजवादी पार्टीले शुक्रबार पनि विराटनगरमा विरोध प्रदर्शन जारी राखेको छ ।असंवैधानिक कदम खारेज गर्न माग गर्दै जसपाले नारा जुलुस सहित विराटनगर बजार परिक्रमा गरेको छ ।

जसपाका केन्द्रीय सदस्यहरु जयराम यादव, तेजलाल कर्ण लगायतका नेताहरुको अगुवाईमा विराटनगरमा विरोध प्रदर्शन भएको थियो ।जनता समाजवादी पार्टीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको ठहर गर्दै त्यसलाई खारेज नगरे सभामुखले प्रतिनिधि सभाको बैठक बोलाउनु पर्ने मत राख्दै आएको छ ।

उसले सरकारको कमदका विरुद्ध जनपरिचालन गर्दै विरोधलाई सशक्त बनाउदै लगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button