Tune to BFM 91.2|Biratnagar

जन्मदिनको अवसरमा वृक्षारोपण

विराटनगर, ६ असोज । जन्मदिनको अवसर पारेर विराटनगरका दुई युवाले पुस्पलाल चौकमा सामूहिक बृक्षारोपण गरेका छन ।

तरुण दल महानगर सभापति सन्तोष न्यौपाने र नेविसंघका मोरङ सदस्य राजेश खड्काले आफनो जन्म दिनको अवसर पारेर विभिन्न जातिका एक सय पचाँस थान विरुवा रोप्नु भएको हो ।

बुढीगंगा गाउँपालिका–१ स्थित पुस्पलाल चौकमा सुन्दर गाउँ बनाउने उदेश्यले जेष्ट नागरिक गंगाराम फूयाँल र छविलाल रेग्मीको संयुक्त हातबाट आज वृक्षारण गरिएको छ ।

होटेलमा भोज भतेर गर्नु भन्दा हरियाली गाउँ बनाउने अभियानका साथ वृक्षारोपण गरेको खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button