जम्मु कश्मिरको विधानसभा भङ्ग

0
203

काठमाण्डौं, ६ मंसिर । सरकार गठन हुन नसकेपछि भारत प्रशासित जम्मु कश्मिरको विधानसभा भंग भएको छ । निर्वाचन भएको ५ महिना पुगी सक्दा समेत सरकार गठनका लागि आवश्यक बहुमत र्पुयाउन नसकेको तथा राजनीतिक संकट चुलिएको कारण देखाउँदै राज्यपाल सत्यपाल मलिकले विधान सभा भंग गर्नुभएको छ । भारतीय जनता पार्टी र कंग्रेस आईको फरक फरक गठबन्धनले सरकार गठनको प्रयास गरेपनि सफल हुन सकेन । जम्मु कश्मिरमा पिडिपि को २८ , कंग्रेसको १२, पिपल्स कंन्फ्रेन्सको र भाजपाको २५ विधानसभा सदस्य छन् । सरकार गठनका लागि ४४ सदस्य आवश्यक पर्छ । यसअघि जम्मु कश्मिभरमा भाजापा र पिडिपिको गठबन्धन सरकार थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here