Tune to BFM 91.2|Biratnagar

जरिवाना मिनाहा गरी साँवा बुझाउने अवसर दिन पूर्वका व्यवसायीको सुझाव

विराटनगर, २९ वैशाख । मोरङका व्यवसायीले १० वर्षभन्दा पहिले बन्द भएका उद्योग व्यवसायको बक्यौता रहेको आयकर र भ्याट जरिवाना र ब्याज मिनाहा गरी साँवा बुझाउने अवसर दिन आग्रह गरेका छन ।

उनीहरुले ६ महिनाको समय तोकेर अवसर दिनुपर्ने बताएका हुन । मोरङ व्यापार संघका पूर्व अध्यक्ष खेमचन्द जैनले करको जरिवाना र ब्याज मिनाहा गरेर साँवा मात्र बुझाएर व्यवसायीलाई फरफारक हुने अवसर दिन आग्रह गर्नुभएको छ । यसका लागि उहाले अर्थमन्त्री डा युवराज खतिवडा, राजस्व सचिव, आन्तरिक राजस्व विभाग र राजस्व परामर्श समिति लगायतका निकायमा पत्र लेख्नु भएको छ ।

पत्रमा पूर्व अध्यक्ष जैनले १० वर्षभन्दा पहिले बन्द भएका उद्योग व्यवसायमा कर कार्यालयले एकतर्फी आयकर कायम गरेको जिकिर गर्नुभएको छ । भारत सरकारले यसरी निकासीमा कोटा तोकेका उद्योगहरू नोक्सानमा चल्दा त्यति बेला नै बन्द गर्नुपरेको जैनको भनाइ छ । ‘नेपाली व्यवसायीले त्यस्ता कम्पनी र उद्योग धन्धा बन्द गरेपछि नाफा–नोक्सानको हिसाबकिताब कर कार्यालयलमा पेश गरेका थिए,।’

जैनले पत्रमा भन्नुभएको छ ‘तर कर कार्यालयले सम्बन्धित व्यक्तिलाई सम्पर्क नै नगरी एकतर्फी कर कायम गरेर उद्योग, कम्पनी र तिनका सञ्चालकलाई कालोसूचीमा राखेको छ ।’ उहाँका अनुसार यसरी कालोसूचीमा परेका कतिपय व्यवसायी विदेशिएका पनि छन । हाल विदेशमा रहेका व्यवसायी पनि सरकारले जरिवाना र ब्याज मिनाहा गरिदिने हो भने नेपाल फर्केर कर चुक्ता गर्ने मनस्थितिमा रहेका छन ।

उहाँले भन्नुभयोे, ‘सरकारले व्यवसायीलाई एक पटकलाई यस्तो अवसर दिँदा सरकारी बेरुजू फछ्र्याैट हुन्छ । सरकारको बक्यौता रकम असुल हुन्छ र व्यवसायी पनि कर चुक्ता गरेर फरफारक हुन पाउँछन । दुवै पक्षलाई फाइदा छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button