जहदाका डेढ दर्जन बालबालिकामा कुपोषण

0
69

विराटनगर, १ वैशाख । मोरङको जहदा गाउँपालिकामा १८ जना बालवालिकाहरूमा कुपोषणसँगै क्षयरोग भएको भेटिएको छ । शरीरलाई आवश्यक सन्तुलित आहार अभावका कारण जहदा गपामा बालबालिकालाई कुपोषणसँगै क्षयरोग भएको पत्ता लागेको हो । गाउँपालिकाले बाल स्वास्थ्य कार्यक्रम अन्तर्गत आयोजना गरेको कुपोषण परीक्षण शिविरमा पाँचवर्ष मुनीका १८ जना बालबालिकामा कुपोषणसँगै क्षयरोग भएको भेटिएको जहदा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राजकुमार दासले जानकारी दिनुभयो । शिविरमा परीक्षण गराउन आएका ५ वर्षमुनीका १८ बालबालिकामा क्षयरोगका किटाणु भेटिएपछि अहिले उनीहरुको उपचारका लागि गाउँपालिकाले छुट्टै डट विधि अन्तरर्गत औषधी खुवाउदै आएको स्वास्थ्य शाखा प्रमुख दासको भनाइ छ । गाउँपालिकाले ७ वटै वडाका एक हजार ९३ जना बालबालिकामा पोषणको अवस्था जाँच गराएको थियो । त्यसमध्ये ७५ जना शिघ्र कुपोषणको शिकार भएको भेटिएको उहाँको भनाइ छ । कुपोषण भएको बालवालिका पनि भेटिएपछि उपचारसँगै सन्तुलित आहारको विशेष व्यवस्थापन जहदा गपाले मिलाइएको गाउँपालिकाले जनाएको छ । क्षयरोगको निःशुल्क परीक्षण र औषधी उपलब्ध हुने भएपनि उपचारका लागि जाने बाटो खर्च गाउँपालिकाले २ हजार उपलब्ध गराउँदै आएको छ । जहदामा मात्रै पाँचवर्ष मुनीका ६ हजार पाँचसय बालबालिका रहेको गाउँपालिको तथ्याङकमा उल्लेख छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here