Tune to BFM 91.2|Biratnagar

जहदा गाउँपालिकामा राहत वितरण

विराटनगर, २३ चैत । जहदा गाउँपालिकाले विपन्न वर्गका, निम्न आय भएका दैनिक ज्यालादारीमा काम गर्ने मानिसहरुलाई खाद्यान्न राहत सामाग्री वितरण गर्न थालेको छ ।

जहदा गाउँपालिकाको आफ्नै पहलमा राहत कोष स्थापना गरी गाउँपालिकाका ७ वटै वडामा राहत सामाग्री बाड्न थालेको गाउँपालिकाका अध्यक्ष कैलाश प्रसाद मण्डलले जानकारी दिनुभयो ।उहाका अनुसार केही वडाहरुमा राहत बाड्ने काम भइसकेको र केही वडाहरुमा बाड्ने काम भैरहेको छ ।

कुनै कुनै वडामा जीवन विकासले पनि वडा तथा गाउँपालिकासँग सहकार्य गरेर राहत सामाग्री बाँडेको जनाएको छ । एक परिवारलाई १५ केजी चामल, २ केजी दाल र १ केजी नुन दिन थालिएको छ ।

जहदा गाउँपालिका २ का वडा अध्यक्ष राजेश कुमार श्रेष्ठले परिवार संख्याका आधारमा राहत सामाग्री वितरण गर्ने गरेको जानकारी दिनुभयो ।उहाका अनुसार करीव ६ सयभन्दा बढि विपन्न वर्गका, निम्न आय भएका दैनिक ज्यालादारीमा काम गर्ने परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण गर्ने पालिकाको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button