Tune to BFM 91.2|Biratnagar

‘जाँउ है पोखरा’ अभियानबारे विराटनगरमा छलफल

विराटनगर, २६ मंसिर । पोखराका पर्यटन व्यवसायीले ‘जाँउ है पोखरा’ अभियान शुरु गरेको छन् ।

अभियानबारे आज विराटनगरमा पोखराका पर्यटन व्यवसायीले जानकारी गराएका छन् । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले पोखरामा पर्यटक भित्र्याउन होटल, प्याराग्लाइडिङ, बन्जी जम्पमा ५० र खानामा २० प्रतिशत छुट दिएको बताउनुभयो ।

आन्तरिक पर्यटन पुनरुत्थान तथा प्रवद्र्धन अभियान अन्तर्गत मुलुकको ग्राहस्थ उत्पादनमा वृद्धि गर्न, सरकारको राजश्व वृद्धि, विदेशी मुद्रा आर्जन र रोजगारी उपलव्ध गराउन यस क्षेत्रमा पूर्वाधार विकासका साथै दैनिक हवाई तथा सहज यातायातको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ । होटल व्यवसायी संघ प्रदेश १ का अध्यक्ष राजन श्रेष्ठले आन्तरिक पर्यटकलाई प्रोत्साहन गरी पर्यटन क्षेत्र आवागमनमा जोड दिनु जरुरी भएको बताउनुभयो । पोखराका पर्यटन व्यवसायीले प्रदेश १ को धार्मिक, प्राकृतिक पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा जोड दिन आग्रह गर्नुभयोे ।

पर्यटन व्यवसायी भविष श्रेष्ठ, पोखराका पर्यटन व्यवसायी हरि शर्मा गैरे, विराटनरका होटल व्यवसायी पुण्य भट्टराई लगायतले विराटनगर तथा पोखरा पर्यटकीय वस र दैनिक हवाई सेवा सञ्चालनका लागि सरकार र निजी क्षेत्रलाई दवाव दिनु पर्ने बताए । उनीहरुले भारतीय पर्यटक वृद्धि गर्न पोखराका हिमश्रृंङ्खला, धार्मिक स्थल, ताल, पदयात्राको प्रचार प्रचार गर्नका लागि स्वास्थ्य सुरक्षा पालना गरि अविलम्व सीमा खोल्नु पर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button