जात्री पर्वमा सार्वजनिक विदा

0
193

विराटनगर, १ असार । पूर्वी नेपालमा बसोबास गर्दै आएका अल्पसंख्यक धिमाल समुदायको जात्री पर्वको अवसरमा मोरङका चार स्थानीय तहले भोलि सार्वजनिक विदा दिएका छन् । उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाले धिमाल समुदायको महान चाड जात्रीको अवसरमा सार्वजनिक विदा दिएका हुन् । पथरीशनिश्चरेले नगरको पहिलो नागरिक र बेलबारी नगरपालिकाले नगरको पहिलो जातिका रुपमा धिमाल जातिलाई घोषणा गरिसकेका छन् । धिमाल जातिको जात्री पर्व प्रत्येक वर्ष वैशाख २ गतेबाट सुरु भएर असार २ गते समापन हुने गरेको छ । दुई महिनासम्म मनाइने यो पर्व प्रत्येक वर्ष मोरङको लेटाङ नगरपालिकाबाट सुरु भएर उर्लाबारी नगरपालिका–३ मा भव्य मेला लागेर समापन हुने गरेको छ । प्रकृतिपुजक धिमालहरु रोगब्याधी नलागोस्, वालीविरुवा लगाउने बेलामा वर्षात होस्, जंगली जनावरले दुःख नदियोस् भन्ने भन्ने कामनासहित महाराजथानमा गएर सामूहिक पूजाआजा गर्ने छन् । परापूर्वकालमा धिमाहरुले यी समस्याहरु समाधान गर्न पूजा गर्दा कामना पूरा भएको र यसलाई निरन्तरता दिँदै जात्री पर्व मनाउने गरिएको जनविश्वास छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here