जापानी राजदूतको प्रदेश प्रमुखसँग भेट

0
73

विराटनगर ४ बैशाख । नेपालका लागी जापनीज राजदूुत मसामिचि साइगोले प्रदेश न १ का प्रदेश प्रमुख प्रा.डा. गोबिन्दवहादुर तुम्वाहाङसँग आज शिष्ट्राचार भेटघाट गर्नु भएको छ । प्रदेश प्रमुखको कार्यालय विराटनगरमा भएको भेटघाटमा राजदूत साइगोले सम्बन्ध विस्तारको लागी प्रदेश प्रमुखसँग आफूले भेटेको बताउनुभयो । राजदूत साइगोलाई प्रदेश न १ उर्जाको लागी अत्यन्तै उपयुक्त स्थान रहेको तुम्वाहाङले जानकारी गराउनु भएको थियो । उहाँले कृषि , पर्यटन र जलविद्युतको लागी प्रचुर सम्भावना बोकेको १ नम्वर प्रदेश विकासको गतिमा अघि बढिरहेको चर्चा गर्नुभयोे । राजदूत साइगोले नेपालको कृषि , खाद्ययमा सहयोग गर्न जापान सरकार इच्छुक रहेको बताउनुभयो । जापानका कामदारको अभाव भएको बताउदै उहाँले प्राथमिकतामा राखेर नेपालबाट बर्षेनी कामदार जापान लग्ने तयारी भैरहेको जानकारी दिनुभयो । हाल जापानमा बासोबास गरिरहेका ८६ हजार नेपाली मध्ये २० हजार विद्यार्थी त्यहाँ अध्ययनरत रहेको उहाँले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here