जापान नेपालको महत्वपूर्ण विकास साझेदार राष्ट्र

0
71

काठमाण्डौ ९ पूस ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले जापानलाई नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार राष्ट्रको रुपमा चित्रण गर्नुभएको छ । अध्यक्ष दाहालले जापानले विनासर्त निःश्वार्थभावले नेपाललाई ठूलो आर्थिक सहायता उपलब्ध गराउँदै आएको पनि स्मरण गराउनुभयो । आज काठमाडौंमा आयोजित ‘नेपाल–जापान मैत्री सम्बन्ध’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले विना दवाव, सर्तरहित सहायता उपलब्ध गराउने गरेकाले जापानलाई नेपाल राष्ट्र र नेपाली जनताले उच्च सम्मानका साथ हेर्ने गरेको पनि स्पष्ट पार्नुभयो । जापानले नेपालको पूर्वाधार, शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको आर्थिक सहायता अविस्मरणीय रहेको अध्यक्ष दाहालको भनाई छ । कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जापान नेपालको महत्वपूर्ण विकास साझेदार राष्ट्र रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारले गरेको सर्तरहित सहयोगको खुलेर प्रशंशा गर्नुभयो । उहाँले भूकम्पलगायतका विपद्का बेला जापानले गरेको सहयोगको पनि स्मरण गराउनुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले द्धिपक्षीय र बुहपक्षीय ढंगले जापानले नेपालको आर्थिक विकासमा पुर्याउँदै आएको सहयोगले निरन्तरता पाईरहने विश्वास पनि व्यक्त गर्नु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here