जापान सरकारले उत्कृष्ट विभूषण रामचन्द्र पौडेललाई दिने
काठमाण्डौ १८ वैशाख । जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिने निर्णय गरेको छ ।
जापानस्थित नेपाली दूतावासले आज एक विज्ञप्ति जारी गरी जापान सरकारले यो वर्षको सो अवार्ड पूर्व सभामुख समेत रहनुभएका पौडेललाई दिने निर्णय गरेको जनाएको हो ।जापान सरकारले आज यो निर्णय गरेको हो ।
नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत यस्तो विभूषण प्रदान गर्ने निर्णय गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
पौडेलले सभामुख भएको बेलामा जापान–नेपाल फ्रेन्डशिप पार्लियामेन्टेरियन कमिटी गठन गरेर सांसदहरूका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले उहालाई सो अवार्ड अवार्ड प्रदान गरेको दूतावासले जनाएको छ।