जिल्ला अदालत मोरङद्धारा तीन भारतीयलाई कैद

0
143

विराटनगर, ३ पुस । नेपाली नागरिकताको प्रमाणपत्र लिने तीन भारतीय नागरिकलाई जिल्ला अदालत मोरङले कैद सजाय र जरिवानाको फैसला सुनाएको छ । तीनै जना एकै परिवारका हुन् । न्यायाधीश दिपक खनालको इजलासले भारत अररिया जोगवनी नगर पञ्चायत वडा नम्बर १० का सन्तोशकुमार साह, उनका भाई नरेशकुमार साह र नरेशकी पत्नी रिङ्कीदेवी साहलाई जहनी दुई वर्ष कैद र ७५ हजार रुपैयाँका दरले जरिवानाको फैसला सुनाएको हो । सन्तोष भारतीय नागरिक गजेन्द्र साहका जेठो र नरेश माईलो छोरा एवं रिङ्कीदेवी माईली बुहारी हुन् । भारतीय नागरिक भए पनि उनीहरुले झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको ठहर अदालतले गरेको स्रेस्तेदार ईश्वरमणि ओझाले बताउनु भयो । कैद सजाय सुनाइएका मध्ये सन्तोष मात्रै पक्राउ परेका छन् । नरेश र रिङ्कीदेवी फरार प्रतिवादीको सूचीमा छन् । नरेश विराटनगर आसपासमै रहे पनि पक्राउ गरिएको छैन । किर्ते, जालसाजी लिखत प्रमाण खडा गर्दै पेश गरेर नेपाली नागरिकता लिएको खुलेपछि सन्तोशलाई गत चैत २ गते पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि गत चैत २६ गते नै जिल्ला सरकारी वकिल कार्यालय मोरङले तीन जनालाई मात्रै प्रतिवादी बनाएर अदालतमा मुद्धा दर्ता गरेको थियो । स्रेस्तेदार ओझाका अनुसार तीनै जनाले लिएको नेपाली नागरिकताको प्रमाण पत्र भने रद्ध गर्ने आदेश अदालतबाट भएको छ । सन्तोश र उनका भाई नरेशले एकै दिन २०६४ साल जेठ १३ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट जन्मको आधारमा ९१ र ९२ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र लिएको पत्ता लागेको छ । नेपाली नागरिकता प्राप्त गरेका सन्तोशले त्यसको १५ वर्ष अघि सन् २००३ साल जनावरी २ तारिकमा भारत अररियाको फारवेशगन्ज इन्द्रनगर ४ बाट भारतीय नागरिक प्रमाणित हुने परिचय पत्र प्राप्त गरेको प्रमाण फेला परेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here