Tune to BFM 91.2|Biratnagar

जिल्ला प्रशासन कार्यालयद्धारा ग्यास उद्योगको अनुगमन

विराटनगर, १६ चैत । जिल्ला प्रशासन कार्यालय मोरङले कोशी ग्यास उद्योगमा अनुगमन गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका १ स्थित नेमुवामा रहेको कोशी ग्यास उद्योगमा प्रशासनको टोलीले आज अनुगमन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङका नायब सुब्बा नारायण पौडेलको नेतृत्वमा गएको अनुगमन टोलीले बजारमा माग अनुसारको ग्यास उपलब्ध गराउन निर्देशन दिएको छ । टोलीले अनुगमनका क्रममा नियमित रुपमा कम्पनीले बजारमा ग्यास पठाइरहेको पाएको पौडेलले बताउनुभयो ।

ग्यास उद्योगले पनि सामान्य समस्या भएपनि बजारमा ग्यास पुर्याउन कुनै समस्या नभएको बताएको पौडेलले जानकारी दिनुभयो । उहाँले प्रशासनको तर्फबाट जिल्लावासीलाई कुनैपनि खाद्यय वस्तुको अभाव हुन नदिनका लागि सवैसँगको समन्वयमा काम गरिरहेको बताउनुभयो । कोशी ग्यास उद्योगले तत्काललाई बजार माग अनुसारको ग्यास प्रयाप्त रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button