जिल्ला प्रहरी कार्यालय मोरङमा कलर कोडेड सेवा प्रवाह कार्ड सुरु

0
103

विराटनगर ४ बैशाख । जिल्ला प्रहरी कार्यालय मोरङमा कलर कोडेड सेवा प्रवाह कार्ड सुरु गरिएको छ । कलर कोडेड सेवा प्रवाह अन्तर्गत सेवाग्राहीहरुलाई उनीहरुको गुनासो र उजुरीका आधारमा सम्बन्धित शाखामा पुग्न सजिलो हुने गरी रंगिन पूर्जा दिन थालिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङ परिसरमा आज आयोजित कार्यक्रमकाबीच एक नम्बर प्रदेशका प्रहरी प्रमुख डिआईजी केदार रिजालले सेवाको उद्घाटन गर्नुभयो । एक नम्बर प्रदेशका प्रहरी कार्यालयहरु मध्ये पहिलो पटक पाइलट प्रोग्रामका रुपमा जिल्ला प्रहरी कार्यालय मोरङमा शुरु गरिएको यो सेवा अन्तर्गत सेवाग्राहीहरुले रंगका आधारमा सेवा लिन सक्नेछन् । जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरुले आफ्नो उजुरी वा गुनासो अनुसार रंगिन पूर्जा पाउने र रंग अनुसार कै कोठामा सजिलै पुग्न सक्ने बताइएको छ । यसबाट पढ्न नसक्ने सेवाग्राहीहरुलाई बढी फाइदा पुग्ने मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिनुभयो । कलर कोडेड सेवा प्रवाह कार्ड लागू भएपछि पहिलो आउनेले पहिले सेवा पाउनुका साथै अपराधको अभिलेखिकरणमा पनि सहयोग पुग्ने एसपी केसीले बताउनुभयो । मोरङमा सेवा प्रवाह कार्डको उपयोगिता र प्रभावकारिता हेरेर अन्य जिल्लामा पनि विस्तार गर्दै लैजाने जनाइएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here