Tune to BFM 91.2|Biratnagar

जिल्ला विपदव्यावस्थापन समितिहरूलाई पूर्व तयारी गर्न निर्देशन

विराटनगर, २६ असार । मनसुन सुरु भएसँगै १ नम्बर प्रदेश सरकारले सम्भावित जोखिममा नियन्त्रण र उद्दारका लागि पूर्वतयारीमा बस्न निर्देशन दिएको छ ।

हिजोदेखि देशभरका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । प्रदेश १ मा सम्भावित जोखिमको क्षति नियन्त्रणका लागि सरकारले पूर्वतयारी अपनाउन जिल्लास्थित विपद व्यवस्थापन समितिलाई निर्देशन दिएको हो ।

प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीका अनुसार सबै जिल्लाका नदी किनारका बस्तीमा हुनसक्ने क्षति प्रति सजक हुन र आवश्यक पूर्व तयारी गर्न जिल्ला विपद व्यावस्थापन समितिहरूलाई निर्देशन दिएको हो ।

उहाँले स्थानीय स्तरमा जोखिमको पूर्वतयारी र सचेतनाका लागि स्थानीय तहहरूलाई निर्देशन दिइएको बताउनुभयो । वर्षासँगै आउने बाढी र डुवानबाट हुनसक्ने सम्भावित क्षति नियन्त्रणका लागि मोरङमा उद्दार सामाग्री र जनशक्ति तयारी अवस्थामा राखिएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभएको छ ।

उहाँका अनुसार सम्भावित बाढीबाट हुनसक्ने क्षति नियन्त्रणका लागि प्रशासनले उच्च सतर्कता अपनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button