Tune to BFM 91.2|Biratnagar

जेठ ५ सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय


काठमाण्डौ २४ वैशाख । सरकारले आगामी जेठ ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ । पछिल्लोपटक थपिएको लकडाउनको अवधि भोली सकिँदै थियो । कोरोना सङ्क्रमण रोक्न सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको हो ।

मुलुकभित्र कोरोना सङ्क्रमित फेला पर्ने क्रम नरोकिएकाले पुनः १० दिन लम्ब्याइएको हो ।अवस्था र स्थान हेरी केही खुकुलो गर्न माग भइरहेका बेला सरकारले ११ दिन लकडाउन अरु थपेको हो ।

मुलुकमा कोरोनाको संक्रमण देखिएपछि सरकारले चैत्र ११ गतेबाट देशव्यापी लकडाउन गरेको थियो । त्यसयता पटक पटक थपिएको बन्दाबन्दीको समय यही बैशाख २५ अर्थात भोली सकिँदै थियो ।

बन्दाबन्दी लगातार लम्ब्याउँदा देशको आर्थिक अवस्था निकै जर्जरबन्दै छ भने नागरिकहरुमा थुप्रैं समस्या आउन थालेको छ । कमजोर आर्थिक अवस्था भएकाहरुलाई खानकै समस्या भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button