जेनिथ इन्टरनेशनल कलेजको बार्षिक उत्सव भव्यताका साथ सम्पन्न

0
222

विराटनगर,  २८ पुस । जेनिथ इन्टरनेशनल कलेज विराटनगरले आफ्नो दोस्रो बार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ । वार्षिक उत्सवमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगायतका विभिन्न मनोरञ्जनात्कम प्रस्तुति दिएका थिए । कार्यक्रममा कलेजद्धारा आयोजित स्पोर्टस् विक २०७५ का विजेता तथा उपविजेताहरुलाई पुरस्कार वितरण गरिनुका साथै एमबीए र बीबीए उर्तीण विद्यार्थीहरुलाई विदाई गरिएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. बद्रीनाथ श्रेष्ठले शिक्षा नितीलाई श्रम र उत्पादनशीलतासँग जोड्नुपर्नेमा जोड दिनु भयो। २०६७ साल भदौ २३ गते स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सो कलेजमा बीबीए र एमबीए शैक्षिक कार्यक्रम अध्ययन अध्यापन हुँदै आएको छ ।कलेजमा सञ्चालन भईरहेको शैक्षिक कार्यक्रमको जानकारी दिँदै कलेजका निर्देशक सि.ए अश्विनी बंशलले कलेजबाट उर्तीण विद्यार्थीहरु विभिन्न बैंक वित्तिय संस्था र औद्योगिक प्रतिष्ठानमा कार्यरत रहेको बताउनु भयो । कार्यक्रममा विद्यार्थीहरुको अवस्थाको बारेमा जानकारी गराउँदै क्याम्पस प्रमुख सन्दीपदास श्रेष्ठले विद्यार्थीहरुको रोजगारीका लागि जबप्लेसमेन्ट पार्टनरको रुपमा हाम्रो रोजगारी डटकमसँग सहकार्य गरेको बताउनु भयो ।कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याएका पूर्वाञ्चल विश्वविद्यालयका प्रथम डिन अरुणकुमार दास, मधु लोहिया तथा प्रध्यापकहरु शिरिस रिजाल, सन्जेस कोइराला, विजुकुमार थपलिया, सदय हमाल, मोहनबहादुर बस्नेतलाई सम्मानगरिएको थियो । त्यस्तै पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका सहप्रध्यापक डा. सन्देशदास श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । उहाहरुलाई प्रमुख अतिथी श्रेष्ठले सम्मानपत्र हस्तान्तरण गर्नु भएको थियो । कलेजमा हाल बीबीए र एमबीएमा गरी ३ सय जना विद्यार्थी अध्ययनरत छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here