Tune to BFM 91.2|Biratnagar

जेभियर्स स्कूलको वार्षिकोत्सव सम्पन्न

विराटनगर, १० फागुन । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको जेभियर्स स्कूलले पाँचौ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । स्कूलकोे प्राङगणमा आज शनिबार विविद्य कार्यक्रम गरी वार्षिकोत्सव तथा अभिभावक दिवश मनाएको हो ।

कार्यक्रममा स्कूमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले नृत्य, गायन, नाटकलगायतको विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बुढीगंगा गाउँपालिका उपप्रमुख अमृताकुमारी गच्छदार, अर्किड कलेजका प्रिन्सिपल दिपेश बास्तोला, सिटि कलेजका प्रमुख तिर्थ घिमिरे, स्कूलका सञ्चालक जनक ढकाललगायतले बोल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button