Tune to BFM 91.2|Biratnagar

जेष्ठ नागरिकका लागि दन्त उपहार कार्यक्रम प्रभावकारी : प्रदेश प्रमुख अधिकारी

विराटनगर, १० फागुन । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले जेष्ठ नागरिक दन्त उपहार कार्यक्रमले जेष्ठ नागरिकहरूलाई सौन्दर्यता प्रदान गरेको वताउनु भएको छ । धनकुटाको सहिदभूमि गाउँपालिकामा तीन दिन सम्म चल्ने जेष्ठ नागरिक दन्त उपहार कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

जीवनको उत्तराद्धमा हाँसी खुशी रमाएर बाच्नका लागि जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम प्रभावकारी रहेको उहाँले बताउनुभयो । १६ जना सहिदका रगतले सिञ्चित सहिदभूमि गाउँपालिकाका जनप्रतिनिधि उर्जाशिल रहेको भन्दै उहाँले प्रशंशा गर्नुभयो ।

धार्मिक, सास्कृतिक पर्यटकीय क्षेत्रका रूपमा परिचित छिन्ताङ्ग जालपा देवीको मन्दिर, भ्युटावर सहितकोे पाताल पार्क, सहिद स्मारकलगायत भौतिक पुर्वाधारको विकास भईरहेकाले सहिदभूमी क्षेत्रलाई गतिलो पर्यटकीय गन्तब्यका रूपमा विकास गर्न होमस्टे सञ्चालन, आधुनिक प्रणालीबाट सुन्तला खेतिलाई विकास तथा विस्तार गरि दरिलो आम्दानीका साथै जिविकोपार्जनको माध्यम बनाउन स्थानीय तहलाई आग्रह गर्नुभयो ।

पुर्वाञ्चल डेन्टल हस्पिटल इटहरी, सुनसरीको प्राविधिक सहयोग र सामाजिक विकास मन्त्रालय प्रदेश नम्वर १, हेल्पिङ्ग युथ इटहरीको सहकार्यमा प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

यसैवीच प्रदेश प्रमुख अधिकारीले सहिदभूमिमा रहेको शहिद पार्कमा पुगी १६ शहिदहरूको शालिकमा माल्यार्पण गर्नुभएको छ । गतबर्ष प्रदेश सरकारको बजेटबाट निर्माण गरिएका भौतिक संरचना, पाताल पार्कको पनि उहाँले अनुगमन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button