Tune to BFM 91.2|Biratnagar

जेष्ठ नागरिकहरुलाई विविध सामाग्रि वितरण

विराटनगर, २४ असार । मोरङको कटहरी गाँउपालिकाका जेष्ठ नागरिकहरुलाई विविध सामाग्रि वितरण गरिएको छ ।

प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत आवश्यक सामाग्रिहरु वितरण गरिएको हो । कटहरी २ स्थित आदर्श पुस्तकालय परिसरमा आयोजित कार्यक्रममा कटहरीका ४० जना जेष्ठ नागरिकहरुलाई सम्मान सहित सामाग्रि तथा नगद वितरण गरिएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरे, कटहरी गाँउपालिकाका प्रमुख रामकुमार कामत, उपप्रमुख मंजिता सरदार लगायतले जेष्ठ नागरिकहरुलाई सामाग्रि हस्तान्तरण गर्नुभएको थियो ।

जेष्ठ नागरिकहरुलाई जुत्ता, छात्ता, टर्च लाईट, झुल र गम्छा सहित नगद ५ सय प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button