जोखिम न्युनिकरणगर्न किटनाशक औषधि
विराटनगर, १९ चैत । विराटनगर महानगरपालिका वडानम्बर २ मा किटनाशक औषधि छरिएको छ । २ नम्बर वडा कार्यालयको सहयोगमा वडाभित्रका विभिन्न टोल र बस्तीका साथै नालाहरुमा किटनाशक औषधि छरिएको हो ।
कोबिड १९ को जोखिम निम्तिएपछि त्यसलाई न्युनिकरणगर्न वडाभरि किटनाशक औषधि छरिएको विराटनगर २ का वडाध्यक्ष कुमार पोखरेलले जानकारी दिनुभयो । वडा कार्यालयले स्वयंसेवक र मजदुर खटाएर औषधि स्प्रे गराएको हो ।
ब्लिचिङ पाउडरसहित अन्य किटनाशक बिषादि छर्दा कारोनाको भाईरसका साथै लामखुट्टेहरु नष्ट हुने स्प्रे अनुगमनमा खटिनुभएका स्वयंसेवक सुरेश बस्नेतले बताउनुभयो । विराटनगर महानगरपालिका वडानम्बर २ मा ३ हजार घरधुरीको बसोबास रहेको वडा कार्यालयले जनाएको छ ।