Tune to BFM 91.2|Biratnagar

झापाका दुईजनाको रिपोर्ट नेगेटिभ

बिराटनगर १९ चैत । कोभिड–१९ परीक्षणका लागि झापाबाट स्वाब पठाइएका दुई व्यक्तिमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको छ । सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका अरु तीन वटा नमूनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

मेची अञ्चल अस्पतालमा आइसोलेसनमा रहेका पाँचमध्ये दुई जनाको कोरोना परीक्षणका लागि उनीहरुको स्वाव काठमाडौं पठाइएको थियो ।दुबै जनामा कोरोना नभएको रिपोर्ट प्राप्त भएको मेची अञ्चल अस्पतालका कोरोना फोकल पर्सन कुलबहादुर पौडेलले बताउनुभयो ।

कोरोना पुष्टि नभएका दुवैजनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । अरु तीन जनाको स्वाबको नमूना परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।स्वाब परीक्षण गरिएका पाँचैजना विदेशबाट आएका नेपाली हुन् । मेची अञ्चल अस्पतालमा हाल ८ वटा आइसोलेसन कक्ष रहेका छन् ।

अस्पतालमा इमरजेन्सी र फिभर क्लिनिकमार्फत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका विरामीहरुको जाँच र उपचार भइरहेको छ । दिनहुँ २८ जनाभन्दा बढी ज्वरो आएका र रुघा लागेका विरामी अस्पतालको इमर्जेन्सीमा आउने गरेको फोकल पर्सन पौडेलले बताउनुभयो ।

अस्पतालको आइसोलेसन, इमर्जेन्सी र फिभर क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ)को अभाव रहेको पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button