Tune to BFM 91.2|Biratnagar

झापाको बाह्रदशी गाउँपालिका शिल

विराटनगर, १५ वैशाख । अर्काे आदेश नहुन्जेलसम्मका लागि झापाको बाह्रदशी गाउँपालिका शिल गरिएको छ ।

बाह्रदशी गाउँपालिका – ४ निवासी एक व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकाले थप सर्तकता अपनाउँदै गाउँपालिका शिल गरेको हो ।

गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकालाई शिल गर्ने निर्णय गरेको हो । नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगी जमातको हेडक्वाटरमा भएको धार्मिक सभामा सहभागी भएर घर फर्किएको ४५ दिनपछि उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

आइतबार विराटनगरको कोशी अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा ५० वर्षीय उनमा कोरोना संक्रमणको पुष्टि भएसंगै गाउँमा त्रास फैलिएको छ । यो संगै झापामा कोरोना संक्रमितको संख्या दुई पुगेको छ ।

यस अघि बैशाख १२ गते दमक निवासी ६२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । कोरोना संक्रमणको पुष्टि भएसंगै दमक नगरपालिकाले समेत उच्च सर्तकता अपनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button